स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

२०७८ असोज ९ शनिबार १४:०२:०० मा प्रकाशित

काठमाडौं । स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र  सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो  ।  

   सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले  जनाएको छ । चितवनबाट काठमाडौँ आउदै गरेको ग१ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए । उनीहरुले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

ताजा खबर