के तपाइँहरुलाई आमाले कहिल्यै सिकाउनु भएन बैरी मुख नगर्नु भनेर ?

२०७८ असोज ९ शनिबार ०९:२३:०० मा प्रकाशित

डा. युवराज संग्रौला । 
चिनियाँ कम्युनिस्ट पार्टी चियाङ्ग काइसेकको चौथो घेराबन्दीमा थियो र लङ्ग मार्च शुरुभयो । जुन बाटो बाट जता जान बोओ गु ले जबर्जस्त गरे, त्यो खतरनाक हुन्छ, धेरैको मृत्यु हुन्छ भने । उनी बेलुका उसलाई भेट्न गए । ऊ छुचो मानिस थियो र भरखरैको युवा थियो । ऊ चीनमा रसियाको भोल्सेभिक क्रान्ति जस्तो क्रान्ति हुनुपर्छ भन्थ्यो । किसानहरुलाई संगठित र उत्पादनका शक्ति बनाउनुपर्छ भन्ने मान्यतालाई संशोधनवादी दृष्टिकोण हो भन्ने ठान्थ्यो । उसले माओलाई भेट दिएन । माओ बिरामी थिए । उनी कुनै बेला आँगनमा आउला भनी पेटिमा बसिरहे । राति पानी पर्यो । उनी भिजे तर पनि रातभरि पेटीमा बसे । बिहान बोओलाई भेट्न चाओ एनलाई आए। माओ त्यहीँ थिए । उनले थाहा पाए उनी रातभरि त्यहीँ थिए । चाओ रिसाए “यस्तो अपमान पनि गर्न हुन्छ।“ माओले भने “भैगो छोडिदेउ। मैले सुने बोओ खोक्दै छन्, म यो औषधि खुवाउन आएको थिएँ । उनको व्यवहार भन्दा जनताको मुक्ति ठूलो कुरा हो।“ माओ कि श्रीमतीलाई चियाङ्गका सिपाहीले जेलमा मारेका थिए । उनका तीनजना छोराछोरी हराएका थिए। उनी शोकको पीडा र अपमानको पीडामा थिए। उनलाई कारबाही गरिएको थियो, उनको साधारण सदस्यता मात्र बाँकी थियो।

१. तर पनि उनले फोहोर शब्द प्रयोग गरेर उनका बिरोधीलाई गाली गरेनन् । उनले पद मागेनन् । उनले कसैलाई सरापेनन् । उनले मीठो खान मागेनन् । एकदिन किसानका घरमा उनलाई मासुभात खान दिए, उनले त्यो मासु आफ्नो सुरक्षागार्डलाई खुवाए । उनी भन्थे “कम्युनिस्टहरुसँग सभ्य मनिसको सभ्यता हुनुपर्छ। म ठूलठूला कम्युनिस्ट नेतालाई र कांग्रेस नेतालाई पनि प्रश्न गर्छु, ठूलादेखि सानासम्म नेतामा यस्ता फोहोर गाली कहाँबाट आउँछन् ? के तपाइँहरुलाई आमाले कहिल्यै सिकाउनु भएन बैरी मुख नगर्नु भनेर ?

२. पञ्चायतका ३० वर्षमा मानिसको स्वतन्त्रता थिएन। २०४६ साल म ३० वर्षको थिएँ । म साठी वर्षको हुँदा मेरो जीवन र मेरो राष्ट्र किरिया र जापान जस्तै हुन्छ भन्ने ठान्थें। तर आज मेरा देशका जनता झन् गरीब भएका छ्न् । उनीहरुका टाउकामा झन् बढी ऋृण छ । जमिन बाँझा छन् । युवा रोजगारीको लागि विदेशीएका छन् । नेता र हाकिम अर्बौंका गाडी किन्छन् निजी प्रयोगका लागि । नेताका छोराछोरी विदेशमा छन् । भ्रष्टाचारको दलदल छ । के यो ३० वर्षको बर्बादी प्रति नेताहरूको  कमजोरी छैन ? 

३. युवाहरुलाई राजनीतिमा जान किन रोकिन्छ ? उनीहरु त पढेलेखेका छन् । उनीहरुमा सिर्जना गर्ने क्षमता छ । तर काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरुले त गुट निर्माण गर्दै युवाहरुलाई त माफिया, जुवाडे बनाए । जो केही गर्न चाहन्छ, बुढाहरु कहिल्यै पद नछोडेर सपनाहीन बनाए ।

४. अब परिवर्तनका  लागि ठाउँ खाली गर्नुहोस् । होइन भने लोकतन्त्रबाट फेरि अर्को तीस वर्षको निरंकुश विदेशीका इसारामा चल्ने सरकारले हाल्ने जेलको प्रतिक्षा गर्नुहोस् ।

५. युवा मित्रहरु खेती गर्न थाल्नुहोस् । राजनीति छोड्नुहोस् । राजनीति गर्नु हुन्छ भने अब १० वर्षमा ४० वर्षको प्रधानमन्त्री बन्ने राजनीतिको खेती गर्नुहोस् ।
 

संग्रौलाको फेसबुकबाट । 

ताजा खबर