एचएमडी ग्लोबलले इपिएलको फ्रेन्चाइज क्रिकेट टीम काठमाडौं किंग्स ११ सँग साझेदारी गर्दै

२०७८ असोज ८ शुक्रबार २३:५१:०० मा प्रकाशित

काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकियाफोन्सले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ । 

यो प्रतियोगिताको चौथो संस्करण गतवर्ष हुने तय भएको थियो । तर कोभिड १९ को महामारीका कारणले यो असोज ९ गते देखि असोज २३ सम्महुनेभएको छ। फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्त कर्ता एचएमडी ग्लोबलले उपभोक्ताहरुलाई एकसाथ ल्याउने र देशमा आफ्नो ब्रान्डको निर्माणको लागी मार्केटिंग पहलको लागी केकेएक्सआईलाई लाभान्वित गर्ने योजना बनाएको छ।

एचएमडी ग्लोबल प्यानएसियाका जेनेरल म्यानेजर रविकुँवरले भने , “एचएमडी ग्लोबल, होम अफ नोकियाफोन्स आधिकारिक मोबाइलफोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमाआफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदानिकै उत्साहित छ । एचएमडी ग्लोबलमाहामीविश्वास गर्दर्छौं कि मोबाइल टेक्नोलोजीले विश्वभरिका सबै उपभोक्ताको दैनिकजीवनमा बृद्धि ल्याउन सक्दछ र क्रिकेट खेल नेपालीजनताको लागी एक जोशहो जसलाई हामीअझ सुलभ बनाइरहेका छौँं।”

विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइकालागिएउटै टीममा एकजुट भएर खेल्नेछन् । प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ वटा टीमहरुसहभागीहुनेछन्। खेलाडीहरुको सूचीमाशाहिदअफ्रिदी, र्यान पठान, ओशादाफर्नान्डो, रिचर्ड लेवी, सीकुगे प्रसन्ना जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु पनि परेका छन्।

ईपीएल २०२१ असोज ९ गतेबाट सुरु हुँदैछ र केकेएक्सआइकोपहिलो खेल ललितपुर प्याट्रियट्स सँंग उद्घाटनको दिनमा हुने तय भएको छ। सबै खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ। प्रतियोगिता नेपाल भरी हिमालय टिभी र विश्वका १५० भन्दा बढी देशहरुमा प्रसारित हुनेछ। एचएमडी ग्लोबलले आफ्नो महानमूल्य, हस्ताक्षर गुणस्तर निर्माण स्थायित्व र उद्देश्यपूर्ण इनोभेसनका साथतपाइँलेमायागर्ने,विश्वास गर्न सक्नुहुने र लामो समय सम्मटिक्न सक्ने फोनहरुको निर्माण गर्दछ । 
 

ताजा खबर