ईपीएल खेल्न आएका विदेशी खेलाडीद्वारा राष्ट्रपतिसँग भेट

२०७८ असोज ८ शुक्रबार २२:१७:०० मा प्रकाशित

काठमाडौं । एभेरेष्ट प्रमियर लिग (ईपीएल) टी–ट्वान्टी खेल्न आएका साहिद अफ्रिदी लगायत २४ जना खेलाडीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा ६ टिमका कप्तानसहित २४ विदेशी खेलाडीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलका लागि विभिन्न ६ क्लबले विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरू अनुबन्ध गरेका छन् । भेटमा राष्ट्रपति भण्डारीले नेपाली क्रिकेटको विकासमा टेवा पुग्ने उद्देश्यले नेपाल आएका खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरिन् । उनले भनिन्,‘तपाईंहरू राम्रो खेलेर नेपाली क्रिकेट विश्व सामु चिनाउन सहयोग गर्नुहोला ।’

ताजा खबर