चिनियाँ रेडक्रसले पठायो थप एक लाख डोज खोप

२०७८ असोज ८ शुक्रबार २१:५१:०० मा प्रकाशित

काठमाडौं । चीनले नेपाललाई थप एक लाख डोज खोप अनुदान दिएको छ । चीनको रेडक्रस सोसाइटीले अनुदानमा पठाएको एक लाख डोज खोप शुक्रबार काठमाडौं ल्याइएको हो ।

शुक्रबार क्याथी प्यासिफिक एयरलाइन्सको जहाजमार्फत खोप ल्याइएको नेपालस्थित चिनियाँ दूताबासले जनाएको छ । गतसाता मात्र चीनबाट खरिद गरी ४० लाख डोज खोप ल्याइएको थियो ।

चीनले सुरुमा आठ लाख, दोस्रो पटक दश लाख र तेस्रो पटक १६ लाख डोज खोप अनुदान दिएको थियो । सरकारले चीनबाट ६० लाख डोज खोप खरिद गरि ल्याएको थियो ।

 

ताजा खबर