गैँडा चोरीसिकारमा संलग्न फरार अभियुक्त पक्राउ

२०७८ असोज ८ शुक्रबार ०९:३३:०० मा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परेका थिए । अधिकारीका अनुसार फरार १० मध्ये लामा पक्राउ परी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएका हुन् ।

ताजा खबर