शाओमी नेपालको टेलिभिजनमा दशैं अफर: –'मी लिएको छैन'

२०७८ असोज ७ बिहीबार २३:२७:०० मा प्रकाशित

काठमाडौं । ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मी फ्यानहरुले यस अफर अनुरुपविभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुट प्राप्त गर्नेछन् ।

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने,‘देशमाशाओमी टेलिभिजनको लन्च भएदेखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौँ जसमाहाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् । दशैँलाई लक्षित गर्दै शाओमीले ग्राहकलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरुमा आफ्ना प्रियजनहरु सँग आफू लाई मनपर्ने कार्यव्रmमहरु हेर्नको लागि यो विशेष छुटको  अफर ल्याएको हो ।’
टेलिभिजनको एमआरपी दरहरु र उनीहरुमापाइने विशेष छुटहरु यस प्रकार रहेका छन् ।


 

यसका साथै शाओमी नेपालले“महापर्वको उमङ्ग” को ट्यागलाइनअन्तर्गत “दशैँविथ मी”नामको दशैँं अभियान पनि चलाईरहेको छ। यस अफर अन्तर्गत मी टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरीदमा, दुई भाग्यशाली ग्राहकहरुले दैनिक मी ब्लूटूथ स्पीकर पाउनेछन्। यो अभियान भदौ १६ गते शुरू भएर असोज २९ मा सम्पन्न हुनेछ। ग्राहकहरुले यस अभियानको दौरानमा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् जसलाई तल सूचिबद्ध गरिएको छ।



 

ताजा खबर