सिद्धार्थ बैँकद्वारा जोन्टा क्लब अफ काठमाडौँलाई ४ लाख ९७ हजार रुपैयाँ सहयोग 

२०७८ असोज ७ बिहीबार २३:१९:०० मा प्रकाशित

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ४ लाख ९७ हजार २०० रुपैयाँको चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ। उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनका लागि प्रयोग गरिनेछ।

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका छन् । 
जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसँग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन सँग पनि सहकार्य गरेको छ ।

सन् २००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैँकिंग र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरु मध्यको एक हो। बैंकका देशभरीमा १८० वटाभन्दा बढी शाखाहरु छन् र यसको प्रधान कार्यालय काठमाडौंमा छ।


 

ताजा खबर