ईपिएल खेल्न शाहिद अफ्रिदी काठमाडौंमा

२०७८ असोज ७ बिहीबार २२:१४:०० मा प्रकाशित

काठमाडौं । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी  चौथौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीबार काठमाडौं आइपुगेका छन् । शनिबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजन हुने ईपिएल खेल्न पाकिस्तानका अलराउन्डर नेपाल आइपुगेका हुन् ।

बिहीबार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिए ।

नेपाल राम्रो देश भएको भन्दै अफ्रिदिले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको विमानस्थलमा ओर्लिएपछि प्रतिक्रिया दिए । अफ्रिदी चौथौ संस्करणमा इपिएल खेल्ने उच्च प्रोफाइलका खेलाडी हुन । अफ्रिदीले नेपाल बसाईको क्रममा काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन ।

 विश्वमा चर्चा कमाई सकेका अफ्रिदिले विश्वका प्रायजसो फ्रेन्चाई प्रतियोगिता खेलिसकेका छन् । ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १० ओटा इन्डिय प्रिमियर लिग (आईपिएल) र ३ सय ३२ ट्वान्टी–२० खेल खेलेका छन् ।  चौथौ संस्करणको इपिएल शनिबारबाट २३ गते सम्म आयोजना हुँदै छ । ६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन ।
 

ताजा खबर