१९ लाख नगदसहित काठमाडौंको मनोहराबाट १३ जुवाडे पक्राउ

२०७८ असोज ७ बिहीबार १२:४०:०० मा प्रकाशित

काठमाडौं प्रहरीले काठमाडौंको मनोहराबाट करिव १९ लाख रूपैयाँसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहर महादेवस्थित कमल दाहालको घरबाट १३ जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दाहालको घरमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । टोलीले बुधबार मध्यराति उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १८ लाख ७५ हजार पाँच सय रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले तास, १० हजार रूपैयाँका ४० वटा सिक्का, पाँच सय रूपैयाँका ८० वटा सिक्का र एक हजार रूपैयाँको १४० वटा सिक्का बरामद गरेको छ।

ताजा खबर