मेगा बैंकले भोजपुर नगरपालिकाका साना किसान तथा व्यवसायीका लागी सहुलियत कर्जा प्रवाह गर्ने

२०७८ असोज ६ बुधबार २३:०९:०० मा प्रकाशित

काठमाडाैं । मेगा बैंक नेपालले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलाई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालयमार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिवद्धता व्यक्त गरे ।


भोजपुर नगरपालिकाका मेयर आलेले मेगा बैंकसँगको सम्झौतापश्चात नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीहरुले सहुलियत ब्याजदरमा कर्जा लिई आफ्ना व्यवसायलाई वृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात मेगा बैंकले नगरपालिकाका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ ।

साथै, बैंकले उक्त कृषकहरुलाई मेगा किसान कार्ड समेत उपलब्ध गराउनेछ । उक्त कार्डमार्फत कृषकहरुले आफुलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।

ताजा खबर