नेप्सेमा दोहोरो अङ्कको वृद्धि

२०७८ असोज ५ मंगलबार १७:५४:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर झण्डै २०० अङ्कले घटेको नेप्सेमा मङ्गलबार सामान्य सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.८३ बिन्दुले उकालो लागेर दुई हजार ७१२.०७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३६ बिन्दुले उकालो लागेर ५०८.६२ मा पुगेको छ ।

कूल २२३ कम्पनीको एक करोड ५३ लाख छ हजार ६१ कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब ९५ अर्ब ७६ करोड ८५ लाख ९२ हजार ११४ हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ५०.२५, वित्त १८.४५, उत्पादन १९.०१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ ३.७४, होटल तथा पर्यटन ७६.०९, विकास बैंक २७.३७, जलविद्युत् २२.८३, निर्जीवन बीमा ७२.०२, अन्य १३.८१, लघुवित्त १४.४९, जीवन बीमा १९९.६४ र लगानी १.२७ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ४४ लाख १५ हजार २३३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै, नबिल बैंक रु २० करोड ५६ लाख छ हजार ७९४, नेपाल पूर्वाधार बैंक रु २० करोड ४६ लाख ११ हजार ८९९, हिमालयन डिस्टिलरी रु २० करोड १९ लाख ३६ हजार १७१ र अपि पावर कम्पनी रु १८ करोड आठ लाख ४३ हजार ९३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९.९९, रुरु जलविद्युत् परियोजना ५.७८, नेपाल पूर्वाधार बैंक ४.६६, लाइफ इन्स्योरेन्स कम्पनी ४.२८, माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए । त्यस्तै, सानिमा लार्ज क्याप फण्ड ३.४३, एक्सेल डेभलपमेन्ट बैंक ३.४२, जानकी फाइनान्स ३.२६, माउण्टेन इनर्जी नेपाल २.९४ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकताृले २.९१ प्रतिशतले गुमाए ।

ताजा खबर