विश्व संगीत दिवस  मनाईंदै 

२०७४ असार ७ बुधबार ११:२४:०० मा प्रकाशित


काठमाडौं, ७ असार । आज विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ । संगीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीत सिक्दै गरेका र व्यावसायिक संगीतकारलाई एकै ठाउँमा ल्याउन र संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारीक कार्यक्रम हुँदै आएको छ ।

नेपालमा भने विसं २०५४ सालदेखि यो दिवस मनाउन लागिएको हो । त्यसबेला विदेशी संगीतकारले विश्व संगीत दिवसको अवसर पारेर नेपाली राग बनाएका थिए । त्यसयता लगातार विभिन्न कार्यक्रम हुँदै आएका छन् । संगीतसँग सम्बद्ध विभिन्न व्यक्ति तथा संस्थाले सक्रियता देखाएपनि सरकारी स्तरबाट भने त्यती पहल हुन नसकेको भन्दै संगीतकर्मीले गुनासो गर्ने गरेका छन् ।

ताजा खबर