चट्याङ लागेर बागलुमा एक जनाको मृत्यु, तीन घाइते

२०७८ असोज ५ मंगलबार १०:१४:०० मा प्रकाशित

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए।

ताजा खबर