मुक्तिनाथ क्यापिटलद्वारा १८ प्रतिशत नगद लाभांश पारित

२०७८ असोज ४ सोमबार २२:४६:०० मा प्रकाशित

काठमाडौं । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभाले १८ प्रतिशत  नगद लाभांश पारित गरेको छ। क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुति कर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

त्यसैगरी, यसै आर्थिक बर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रवर्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ ।  

ताजा खबर