वेस्टर्न युनियनको 'क्यास उत्सव'प्रबद्र्धन योजना

२०७८ असोज ३ आइतबार १७:००:०० मा प्रकाशित

काठमाडौं । बडा दशैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा“क्यास उत्सव”प्रबद्र्धन योजना ल्याएको छ जसमा ग्राहकहरुले असोज १ गते देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक. र सूर्य रेमिट  बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले रु. २०,००० जित्नेछन् । यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् । यो योजना असोज १ गतेबाट कार्तिक २५ गतेसम्म लागू गरिनेछ । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ । जसमा १ जना भाग्यशाली विजेताले जित्न सक्नुहुनेछ नगद रु ५ लाख । हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरि भुक्तनी दिइने छ ।

“वेस्टर्न युनियलाई विगत २ दशक भन्दा बढि समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौं । नेपाली प्रवासीहरुको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले दशैंको “क्यासउत्सव” प्रबद्र्धन ल्याउँन पाउँदा निकै उत्साहित छौं । यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुशी बाड्दैहाम्रो ग्राहकहरुको लगनशिलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो”, वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भने ।

ताजा खबर