बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीनको मृत्यु

२०७८ असोज २ शनिबार ०९:४२:०० मा प्रकाशित

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको विद्युतीय धरापमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो ।

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।  बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

ताजा खबर