मेगा बैंकको मुद्दती तथा बचत खातामा ९.५५ प्रतिशत ब्याजदर

२०७८ असोज १ शुक्रबार २३:१५:०० मा प्रकाशित

काठमाडौं । मेगा बैंक नेपालले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । दशैं नजिकिँदै गरेको उपलक्ष्यमा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।


यस याेजना अनुसार ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा वार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने छन् । यसैगरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने छन् । बैंककाे अनुसार याे अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।

यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर ५ दशमलव ०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ । दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

ताजा खबर