प्रत्यक्ष विदेशी लगानीका लागि वेलायती दूतावासले सहयोग गर्ने

२०७८ भदौ ३१ बिहीबार २३:४०:०० मा प्रकाशित

काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती राजदूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायी राजदूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो । 

नेपालउ द्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने भन्दै बेलायती लगानीकर्ता नेपाल भित्र्याउन आफूले पहल गर्ने बताइन् ।

‘नेपालको विकासमाप्रत्यक्षविदेशीलगानीले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भनिन् ।  राजदूत पिलोटले आउँदा दिन वातावरणीय परिवर्तनका दृष्टिकोणले चुनौतिपूर्ण हुने बताइन् । उनले जलवायु परिवर्तनको प्रभावन्यूनीकरणका लागिनिजी क्षेत्रले काम गर्न सक्ने पनि उल्लेख गरिन् ।  कोभिड – १९ को नकारात्मकप्रभावआमजीवन र उद्योग व्यवसायमा परेको भन्दै मानवीय र विकास सहायताको क्षेत्रमा बेलायतले नेपाललाई महत्वपूर्ण सहयोग गरेको उल्लेख गरिन् । 

भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीपयुक्त जनशक्तिको अभाव रहेको भन्दै  सीपयुक्त जनशक्ति विकास आजको आवश्यकता रहेको बताए । उनले सीपविकासमा बेलायती सहयोग कार्यक्रमहरू र परिसंघले सहकार्य गर्न सक्ने उल्लेख गरे । 

नेपालको कूलगार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले मेक इन नेपाल – स्वदेशीअभियान सुरुवात गरेको अध्यक्ष अग्रवालले बताए । उनले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्यलक्ष्य राखेर अभियान अघि बढाइएको उल्लेख गरे । 

ताजा खबर