मुक्तिनाथ विकास बैंकले ३ महिने मुद्दतीमा १० प्रतिशत व्याज दिने

२०७८ भदौ ३१ बिहीबार २३:२९:०० मा प्रकाशित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले असाेज १ गते देखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक व्याज भुक्तानी हुर्ने गरी व्याजदर दिने भएको छ ।

साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक व्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी व्याजदर प्रकाशित गरेका छ ।


३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हाल सम्म प्रकाशित गरेको व्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत व्याजदर उच्च रहेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी बैंकले मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

ताजा खबर