बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा १० प्रतिशत छुट

२०७८ भदौ ३० बुधबार २३:२९:०० मा प्रकाशित

काठमाडाैं । बैंक अफ काठमाण्डू र एसआरएल डाईग्नोष्टिकबीच विभिन्न सेवामा छुट सम्झाैता भएकाे छ । एसआरएलमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्झौता भएको हाे ।

यस सम्झौतापछि बैंक अफ काठमाण्डूका ग्राहकहरुले एसआरएल डाईग्नोष्टिक प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग गर्दा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउनेछन् ।


एसआरएल डाईग्नोष्टिकले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

ताजा खबर