योङ ब्वाइजद्वारा युनाइटेड २–१ ले पराजित

२०७८ भदौ ३० बुधबार १०:१९:०० मा प्रकाशित

क्रिस्टियानो रानोल्डोको गोलका बाबजुत म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा स्विस क्लब योङ ब्वाइजसँग  स्तब्ध भएको छ । गएराति भएको समूह चरणको खेलमा योङ ब्वाइजले दश खेलाडीमा  समेटिएको  युनाइटेडलाई २–१ गोलले पराजित  गर्यो ।

युनाइटेडले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । योङ ब्यावइजले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नाटकीय जित हात पारेको हो । १३ औं मिनेटमानै रोनाल्डोले ब्रुनो फर्नान्डेजको गोलमार्फत अग्रता दिलाएका थिए । रोनाल्डोले  च्याम्पियन्स लिगमा सर्वाधिक १७७ खेल खेल्ने स्पेनका इकर क्यासियासको कीर्तिमान बराबरी गरे । ३५ औं मिनेटमा आरोन वान बासिका सिधै रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि युनाइटेड दश खेलाडीमा झर्यो ।

आरोन वानले योङ ब्याइजका क्रिस्टोफर मार्टिन्सलाई खतरनाक ट्याकल गरेका थिए । तीन वर्षमा उनले पहिलो पटक रातो कार्ड पाएका हुन् । यसअघि उनले सन् २०१८ मा रातो कार्ड पाएका थिए ।  ६६ औं मिनेटमा  मौमी नागेलुले  गोल गर्दै खेल बराबरी गरे । थप गरिएको ५ मिनेटको इन्जुरी समयको अन्त्यमा जोर्डन सिबाचुले गोल गरेपछि ओले गुनार सोल्जाकरको टोली निराश भयो । जोर्डनले युनाइटेडका जेसी लिङगार्डको गल्तीको फाइदा उठाएका थिए ।

सब्सिच्युट लिङगार्डले जोर्डलाई ब्याक पास दिए । उनी ७२ औै मिनेटमा रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका थिए । सोल्जाकरको नेतृत्वमा युनाइटेडको च्याम्पियन्स लिगमा एघार खेलमा यो सातौ हार हो । समूह एफको अर्को खेलमा एटालान्टा र भिल्लारियालले २–२ गोलको बराबरी खेले । 

ताजा खबर