आजदेखि कक्षा १२ को परीक्षा

२०७८ भदौ ३० बुधबार ०८:१२:०० मा प्रकाशित

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले  आजदेखि परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो । विषम् परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ ।

साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।
 

ताजा खबर