इजरायल जान चाहनेले दिएको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक

२०७८ भदौ २९ मंगलबार १५:१८:०० मा प्रकाशित

काठमाडौं । इजरायल जान चाहनेले दिएको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार भएको परीक्षाको मंगलबार नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् ।

त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् । ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा छिटो आएको हो ।

वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो । अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ ।

 

ताजा खबर