अदालतबाट ३० लाख जरिवाना र कैद सजाय सुनाइएका कार्की पक्राउ

२०७८ भदौ २९ मंगलबार १२:२०:०० मा प्रकाशित

 

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना र सात दिन कैद फैसला सुनाइएका एक जना अभियुक्त पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की पक्राउ परेका हुन् ।

अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दीपकलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो । कार्कीलाई उच्च अदालत पाटनले २०७६ साल फागुन १८ गते बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना र ७ दिन कैद फैसला सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको महाशाखाले जनाएको छ ।

ताजा खबर