नवलपुरको थुम्सीमा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

२०७८ भदौ २९ मंगलबार ०८:२८:०० मा प्रकाशित

नवलपरासी । नवलपुरको गैंडाकोट थुम्सीमा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मंगलबार बिहान गैंडाकोट नगरपालिका–१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बिहान ४ बजे भएको दुर्घटनामा दुई महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिपकुमार गिरीले जानकारी दिएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए ।  अन्य घाइतेको सोही अस्पतालमा उपचार भैरहेको छ।

ताजा खबर