एसिया कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ

२०७८ भदौ २८ सोमबार १९:५७:०० मा प्रकाशित

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कपको छनोटमा जाने नेपाली महिला फुटबल टिमको बिदाइ गरिएको छ । एन्फाले सोमबार एक कार्यक्रम गरी खेलाडीको बिदाइ गरेको हो । नेपाली टिम सोमबार राति ११ बजे उज्वेकिस्तान जानेछ ।

नेपाली टिममा यसपटक डिफेन्डर पुनम जर्गा मगरले उज्वेकिस्तानको भ्रमणमा हुने छैनन् । उनको मुटुमा समस्या रहेका कारण टिममा परेपनि अन्तिम समयमा बाहिर भएकी छिन् । समूह ’एफ’ मा रहेको नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।

जसमा नेपालले फिलिपिन्ससँगको खेलबाट प्रतियोगिता सुरु गर्नेछ । त्यो खेल सेप्टेम्बर १८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा सेप्टेम्बर २१ माहङकङको सामना गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ । यो प्रतियोगितामा आफ्नो समुहको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टिमका खेलाडी

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंहऽ अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा राई, गीता राना,  हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना । 

ताजा खबर