कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, १४२३ जना संक्रमणमुक्त

२०७८ भदौ २७ आइतबार १६:१९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७७७१६३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३९४५७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०९४९ पुगेको छ । क्वारेन्टाइनमा ३२१ जना रहेका छन् भने आइसोलेसनमा २६७५७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर