क्रिस्टियानो रोनाल्डोद्वारा डेब्यु खेलमानै दुई गोल 

२०७८ भदौ २७ आइतबार १५:५१:०० मा प्रकाशित

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट पुनः डेब्यु गरेको खेलमानै दुई गोल गरेका छन । रोनाल्डोले प्रिमियर लिग अन्तर्गत ओल्ड ट्राफोर्डमा गएराति भएको न्युक्यास विरुद्धको खेलमार्फत दोस्रो पटक डेब्यु गरेका हुन् ।

जर्सी नम्बर ७ लगाउदै रोनाल्डो सुरुवाती एघारमानै मैदान उत्रिए । १२ वर्ष पछि युनाइटेड फर्किएका रोनाल्डोलाई घरेलु समर्थकले न्यानो स्वागत गरेका थिए । युनाइटेडले न्युक्यासललाई चार एकले पराजित गर्दा रोनाल्डोले दुई गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले  डेडलक तोडेका थिए । ५६ औं मिनेटमा न्युक्यासलका हाभियर मान्किलोले बराबरी गोल फर्काए । ६२ औं मिनेटमा  रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई फेरि खेलमा फर्काएका थिए ।

८० औं मिनेटमा रोनाल्डोका अन्तराष्ट्रिय टिम मेट ब्रुनो फर्नान्डेजले टिमका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा जेसी लिङगार्डले गोल गरेपछि ओले गुनार सोल्जाकरको टोली समर्थकले भरिएको ओल्ड ट्राफोर्डमा तीन अंक जोड्न सफल भयो  ।

३६ वर्षीय रोनाल्डोले पनि पुनरागमन  खेल यादगार बनाए । खेलपछि रोनाल्डोले आफुले एक गोलको मात्र अपेक्षा गरेको प्रतिक्रिया दिएका थिए । आफ्ना लागि अविश्वनिय क्षण भएको उनको भनाइ थियो । यसअघि २००३ देखि २००९ सम्म रोनाल्डोले युनाइटेडबाट २ सय ९२ खेल खेल्दै १ सय १८ गोल गरेका थिए । २००९ मा उनी रियाल मडिङड  गए । युनाइटेड छोडेपछिको १२ वर्षमा रोनाल्डोले रियाल र युभेन्टसमा गरी ५ सय ५१ गोल गरेका थिए ।

प्रिमियर लिगको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टरलाई उसकै मैदानमा एक शून्य गोलले हरायो । सिटीको जितमा ६२ औं मिनेटमा बर्नान्डो सिल्भाले एक मात्र निर्णायक गोल गरेका थिए । चेल्सिले एस्टन भिल्ला माथि तीन शुन्य गोलको जित हात पार्यो । रोमेलु लुकाकुले १५ र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

४९ औं मिनेटमा माटियो कोभाचिचले एक गोल गरे । आर्सनलले नोरिच सिटीलाइ एक शून्य गोलले पराजित गरेको छ । जारी प्रिमियर लिगमा आर्सनलको यो पहिलो जित हो । यसअघिका तीन खेलमा आर्सनलले हार बेहोरेको थियो ।

६६ औं मिनेटमा पियरे इम्रिके अबोमयाङले गोल गर्दै आर्सनलको हारको श्रृङ्खलामा ब्रेक लगाएका हुन्  । टोटेनहम क्रिस्टल प्यालेससँग तीन शून्य गोलले स्तब्ध भयो । उल्भ्सले वाटफोर्डलाई दुई शून्य गोलले हराउँदा वेस्टह््याम र साउथह्याम्पटनले गोलरहित बराबरी खेले । ब्राइटनले ब्रेन्टफर्डलाई एक शून्यले पराजित गरेको छ । 
 

ताजा खबर