कुन कलाकारले कहाँ गरे मतदान 

२०७४ मङ्सिर २१ बिहीबार १६:११:०० मा प्रकाशित

काठमाडौं,२१ मंसीर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा कलाकारहरुले पनि उत्साहका साथ मतदानमा भाग लिएका छन् । धेरै कलाकारहरुले मतदान पछि आफनो फेसबुक पेजमा  मतदान गरेको फोटो पोष्ट गर्दै मतदातालाई आफनो स्ट्याटस् मार्फत भोट हाल्न अपिल गरेका छन् । 

राप्रापा प्रजातान्त्रिककी सहमहामन्त्रि रहेकी नायिका रेखा थापाले काठमाडौं क्षेत्र नम्बर ४ को पशुपति क्याम्पस मतदान केन्द्रबाट मतदान गरिन्  । काठमाडौं क्षेत्र नम्बर ४ राप्रापा प्रजातान्त्रिकले कांग्रेसलाई समर्थन गरेको छ । उनले मतदान पछि आफनो फेसवुक पेजमा मैले मतदान गरे तपाईहरु पनि ढुक्क भएर आफनो सहि नेता छान्नुस भनेर लेखेकी छिन् ।

यस्तै निर्देशक निश्चल बस्नेत, दीपन्द्र के खनाल, ऋषि लामिछाने, निर्मल शर्माले पनि मतदान गर्दै सबैलाई आफनो मतअधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।

निर्माता दीपेन्द्र के खनालले ‘भविष्यका लागि आज’ भन्दै मतदान गरेपछि नङमा लगाइदिएको मसी चिन्ह पोष्ट गरेका छन् भने निर्देशक निश्चल बस्नेतले  ‘भोट चाहिँ हालौं है’ भन्दै विपिन कार्की र आसिफ शाहसँगको फोटो पोष्ट गरेका छन् । 

यस्तै नायिका प्रियंका कार्कीले आफ्नो पेजमार्फत मतदातालाई पार्टीमुखी नहुन आग्रह गरेकी छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् कि, “मतदान हाम्रो नैसर्गिक अधिकार हो । यसलाई हामी सबैले उपयोग गरौं । पार्टीमुखी हुनु भन्दा देशलाई प्रगतिको बाटोमा लानसक्ने सही उमेदवारको छनौट गरौं । सबैको जय होस् ।”

यता  निर्देशक ऋषि लामिछानले आफनो फेसबुक पेजमा  काठमाडौं क्षेत्र नम्बर ४ को चावहिलमा मतदान गर्दै भनेर लेखेका छन् ।  


 

ताजा खबर