विश्वकप छनोटमा पोर्चुगलद्वारा अजरबैजान पराजित

२०७८ भदौ २३ बुधबार ११:५०:०० मा प्रकाशित

क्रिस्टियानो रोनाल्डो बिनाको पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानलाई तीन शून्य गोलले पराजित गरेको छ । अजरबैजानको मैदानमा भएको खेलमा पोर्चुगलले पहिलो हाफमानै दुई शून्यको अग्रता लिएको  थियो । २६ औं मिनेटमा म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भाले अग्रता दिलाएका थिए ।

उनलाई ब्रुनो फर्नान्डेजले पास उपलब्ध गराएका थिए । ३१ औं मिनेटमा डिएगो जोटाको क्रसमा आन्द्रे सिल्भाले अग्रता दोब्बर बनाए । ७५ औं मिनेटमा जोटा आफैंले गोल गरेपछि पोर्चुगलले सहज जित निकालेको हो ।

कीर्तिमान गोलकर्ता  रोनाल्डो दोहोरो पंहेंलो कार्डका कारण खेलमा उपस्थित नभएका हुन् । पोर्चुगल पाँच खेलबाट १३ अंक सहित समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । सर्विया दोस्रो स्थानमा छ । गएराति भएको खेलमा सर्विया रिपब्लिक अफ आयल्यान्डसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । अजरबैजानले ५ खेलमा मात्र एक अंक जोडेको छ । 

ताजा खबर