फ्रान्सद्वारा  फिनल्यान्डमाथि दुई शून्यको जित 

२०७८ भदौ २३ बुधबार ११:४९:०० मा प्रकाशित

साविक विजेता फ्रान्सले  विश्वकप छनोटमा  फिनल्यान्डमाथि दुई शून्य गोलको जित हात पारेको छ । योसँगै फ्रान्सले पाँच खेलदेकिो बराबरीको नतिजामा पूर्णविराम लगाएको छ । गएराति भएको खेलमा घरेलु टोलीको जितका लागी दुवै गोल एन्टोइन ग्रिजमनले गरे ।

उनले २५ औं मिनेटमा करिम बेन्जिमाको पासमा गोलको खाता खोलेका थिए । पहिलो हाफमा एक शून्यले अघि रहेको फ्रान्सविरुद्ध फिनल्यान्ड खेलमा फर्कन सकेन । ५३ औं मिनेटमा ग्रिजमनले  फेरि गोल गरेपछि फ्रान्स दुई शून्यको सहज जित हात पार्न सफल भयो ।

यो खेल अघिसम्म फ्रान्स विश्वकप छनोटका दुईसहित पाँच खेल बराबरीमा  रोकिएको थियो । समूह ए मा रहेको फ्रान्स ६ खेलबाट १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।  दोस्रो स्थानमा रहेको युक्रेनको पाँच खेलबाट ५ अंक छ ।  चार खेलबाट ५ अंक बटुलेको फिनल्यान्ड तेस्रो स्थानमा छ ।  

ताजा खबर