कमेडी च्याम्पियन भरतमणिलाई ताप्लेजुङमा भव्य स्वागत

२०७८ भदौ २२ मंगलबार २२:४६:०० मा प्रकाशित

ताप्लेजुङ । कमेडी च्याम्पियन–२ को उत्कृष्ट (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्राएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उनलाई बजार परिक्रमा गराएको थियो ।

कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उनलाई फूलमाला, खादा र अबिर प्रदान गर्नुभएको थियो । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।
 

ताजा खबर