नख्खु कारागारमा भएको  घटना छानबिन गर्न समिति गठन

२०७८ भदौ २१ सोमबार १६:०२:०० मा प्रकाशित

काठमाडौँ । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीको सेवा सुविधा तथा रासन अनियमितता भएको आशंकामा कारागार व्यवस्थापन विभागले छानबिन समिति गठन गरेको छ । विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजकत्ववमा समिति गठन गरिएको हो ।

समितिमा नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय अनुसन्धान विभागमा प्रतिनिधि छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । कैदीको रासनमा घोटाला गरेको, आवश्यकता अनुसार टेलिफोन सुविधा उपलब्ध नगराएको भन्दै आइतबार कैदीहरुले चौकीदारहरुविरुद्ध जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन दिएका थिए ।

उनीहरुले ८ जना चौकीदार/नाइकेमाथि कारबाहीको माग गर्दै सीआरसी ब्लकमा प्रदर्शन समेत गरेका थिए । त्यसको भोलिपल्ट विभागका महानिर्देशक जनकराज दाहालले निर्देशक तिवारीको संयोजकत्वमा समिति गठन गरेका हुन् । नख्खु कारागारमा करिब १४०० जना कैदीबन्दी रहेका छन् ।
 

ताजा खबर