संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

२०७८ भदौ २१ सोमबार १२:१६:०० मा प्रकाशित

खाँदबारी । संखुवासभाको मादी नगरपालिका वडा नम्बर १, खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी जानकारी दिएका छन् ।

सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत भेटिएका हुन् ।

घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

ताजा खबर