मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपाल पराजित

२०७८ भदौ २० आइतबार १९:३१:०० मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग दुई एक गोलले पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा भारतले नेपाललाई पराजित गरेको छ । भारतले नेपालविरूद्ध दुई गोल गरेको थियो भने नेपालले एक गोलमात्रै फर्काएको थियो ।

नेपालका लागि तेज तामाङले ८७ औं मिनेटमा भारतलाई गोल फर्काएका हुन् । भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा र फारूख चौधरीले ६२ औं मिनेटमा गोल गरेका थिए । नेपाल र  भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो। 
 

ताजा खबर