नेपालविरुद्ध भारतको अग्रता

२०७८ भदौ २० आइतबार १९:१५:०० मा प्रकाशित

काठमाडौँ । भारतले नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो अग्रता लिएको छ । खेलको ६२ औं मिनेटमा भारतका लागि जर्सी नम्बर १२ का फारुक हाजी कासम चौधरीले गोल गरे भने ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे ।

नेपाल र भारतबीच दशरथ रंगशालमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीको स्थितिमा रहेको थियो । नेपालले पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको छ र भारतमाथि लगातार दबाब सिर्जना गरिरहेको छ । नेपाल र भारत बीचको पहिलो खेलमा १–१ गोलको बराबरी भएको थियो ।
 

ताजा खबर