दसैँसम्म ३३ प्रतिशत नागरिकलाई खोपः स्वास्थ्य राज्यमन्त्री

२०७८ भदौ २० आइतबार १७:३७:०० मा प्रकाशित

काठमाडौं । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप १० दिनभित्र ल्याउने भएको छ । आइतबार विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समितिको वार्षिक बैठककाबारेमा जानकारी दिन स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले ४४ लाख डोज खोपको भुक्तानी भइसकेको र एक हप्तादेखि १० दिनभित्र आइपुग्ने बताएका हुन् ।

उनले दसैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने योजना रहेको पनि बताए । त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले ५ करोड ५० लाख मात्रा खोप आवश्यक पर्ने भन्दै योजनाअनुसार एक करोड चार लाख मात्रा खोप लगाइसकिएको जानकारी दिए ।

ताजा खबर