नेदरल्यान्डसद्वारा मोन्टेनेग्रोमाथि चार शून्यको  जित

२०७८ भदौ २० आइतबार १७:०८:०० मा प्रकाशित

विश्वकप छनोट खेलमा नेदरल्यान्डसले मोन्टेनेग्रो माथि चार शून्य गोलको महत्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा डच टोलीको जितमा माम्फिस डिपायेले दुई गोल गरे । बार्सीलोनाका स्ट्राइकर डिपायेले ३८ औं मिनेटमा पेनाल्टी गोल गर्दै नेदरल्यान्डसलाई अग्रत दिलाएका थिए ।

६२ औं मिनेटमा उनैले अग्रता दोब्बर पारे । राष्ट्रिय टिमका लागि डिपायेको यो ३० औं गोल हो । ७० औं मिनेटमा जर्जिनो विनाल्डमले गोल गरेपछि  घरेलु टोली ३–० ले अघि रहेको थियो । ७६ औं मिनेटमा कोडी गाक्पोले टिमका लागि चौथो गोल  थपेका थिए ।

उनको राष्ट्रिय टिमबाट यो पहिलो गोल हो । उनले गोल गरेको मैदान क्लब फुटबल पिएसभीको मैदान पनि हो । जहाँबाट गाक्पोले व्यवसायिक फुटबल खेल्छन्  । लुइस भान गालको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा तेस्रो पटक फर्किए पछिको यो पहिलो जित हो ।

मोन्टेनेग्रोले गोलको केही अवसर पाएको थियो । तर सफल हुन सकेनन् । समुह जी मा रहेको नेदरल्यान्डस ५ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । मान्टेनेग्रो चौथो स्थानमा छ । उसको सात अंक छ । शीर्ष स्थानमा रहेको टर्कीले ११ अंक छ ।
 

ताजा खबर