विश्वकप छनोटमा फ्रान्स र युक्रेन एक एक गोलको बराबरीमा

२०७८ भदौ २० आइतबार १७:०७:०० मा प्रकाशित

साविक विजेता फ्रान्सले विश्वकप छनोटमा लगातार दोस्रो बराबरी खेलेको छ । गएराति भएको खेलमा फ्रान्सलाई युक्रेनले एक एक गोलको बराबरीमा रोकेको हो ।  फ्रान्स एक शून्यले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो ।

४४ औं मिनेटमा घरेलु टोली युक्रेनका माइकोल सापारेन्कोले करिब २५ यार्डबाट गोल गरेका थिए । ५० औं मिनेटमा एन्थोनी मार्शियलले गोल गर्दै फ्रान्सलाई हार बाट जोगाए ।  मार्शियलको राष्ट्रिय टिमबाट यो केवल दोस्रो गोल हो ।

यसअघि उनले सन् २०१६ मा गोल गरेका थिए । करिम बेन्जिमाको पासमा मौसा डियाबीले लगभग फ्रान्सलाई जित दिलाएका थिए । तर उनको प्रहार  पोस्टमा  ठोक्किदै बाहिरियो  । फ्रान्सको सवै प्रतिस्पर्धामा गरी यो लगातार पाँचौं बराबरी हो । समूह डी अन्तर्गत समूहका सात खेल बराबरीमा सकिएका छन्  । जसमा युक्रेनले मात्र ५ खेल बराबरी खेल्यो । फ्रान्स ५ खेलबाट नौ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको फिनल्यान्डको ५ अंक छ । उसले मात्र तीन खेल खेलेको छ । पांच खेलबाट पांच अंक बटुलेको युक्रेन तेस्रो स्थानमा रहेको छ । विश्कप छनोटको अन्य खेलमा अस्ट्रिया इजरायलसँग ५–२ गोलले पराजित भयो । डेनमार्कले फाराइ आइल्यान्ड माथि एक शून्य गोलको जित हात पारेको छ । नर्वेले लात्भियालाई २–० गोलले हरायो । नर्वेको जीतमा अर्लिङ हालान्ड र मोहम्मद इल्योनोसीले एक एक गोल गरेका  थिए ।  
 

ताजा खबर