नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप

२०७८ भदौ २० आइतबार १६:१७:०० मा प्रकाशित

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ । नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको हो । कैदीबन्दी र चौकीदार पक्षबीच विवाद चर्किएको हो भने सो क्रममा कैदीबन्दीले चर्को नाराबाजी गरिरहेका छन् ।

तनावको अवस्थापछि कैदीबन्दीले भित्रबाट कारागारमा ताला लगाइदिएर आन्दोलन गरिरहेको बताइएको छ। प्रहरी परिसर ललितपुरले तनाव बढेपछि कारागार परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । यस्तै कारागार प्रशासनले कैदीबन्दीको माग सम्बोधनका लागि पहल भइरहेको जनाएको छ ।

ताजा खबर