एमसीसी परियोजना अमेरिकी लगानी हो वा सहायता ?

२०७८ भदौ १९ शनिबार १२:३०:०० मा प्रकाशित

डा. युवराज संग्रौला ।
जतिबेला देशको राजनीतिमा पुरै छिन्न भिन्नको अवस्था छ, निर्वाचनमा बहुमत प्राप्त पार्टी अदालतद्वारा गराइएको राजनीतिद्वारा विभाजित गरिएको छ, अनि अलग भएको एमाले पनि विभाजीत भएको छ । नयाँ सरकार बनेको छ त्यो पनि पूर्ण हुन सकेको छैन, यस्तो कमजोर र तरल राजनीति, जसको स्वार्थ राष्ट्र होइन पार्टी र व्यक्तिको स्वार्थ सिद्ध गर्नुमात्र रहेको छ, अवस्थामा रास्ट्रलाई शक्तिशाली रास्ट्रहरुको विवादको घनचक्करमा हाल्ने खेल विदेशी गुप्तचर त रास्ट्रघाती विकेका मानिसहरु गर्दैछन् ।

१. नेपाल र चीनका बीच सम्पन्न सीमा सन्धीले दुई देशबीचको सीमा खम्बा गाडेर सुनिश्चित गरेको छ । सन्धीमा सीमामा कुनै विवाद हुँदा स्थानीय अधिकारीहरुले हेर्ने र कुटनैतिक छलफलबाट समाधान गर्ने व्यवस्था छ । पररास्ट्र मन्त्रालयले चिनियाँ समकक्षीसँग कुराकानी गर्यो ? सिडियोले विवादको प्रतिवेदन पठाएको छ ? विवाद नभएको देशसँग विवाद सिर्जना गरेर नेपालको भुराजनीतिलाई विवादको भूमरीमा हाल्ने काम गर्ने गिरोह सक्रिय छ भन्ने स्पस्ट छ। “टाइफाइडले थलिएका बेला बक्सिङ्ग खेल्न रिङ्गभित्र छिर्नु कति बुद्धिमानी हुन्छ ?“

२. अहिले सरकारले एमसीसीकोबारेमा प्रश्न सोधेछ । कम्तीमा बहस खुल्यो, औपचारिक रुपमा। तर,

क. के सरकारका पदाधिकारीले सम्झौतापत्र हेर्नुभएको छैन ? यो सन्धीको व्याख्या परराष्ट्र मन्त्रालयले गरोस् र भनोस् यसमा संधैभरिका लागि एमसीसीको कपिराइट छैन भनेर, सक्छ त्यसो भन्न ?

२. एमसीसी नेपाल बोर्डले अमेरिकी एमसीसी बोर्डको स्वीकृति नलिई केही गर्न पाउँछ ? नेपाल सरकारलाई एमसीसी बोर्डले बाँध्ने छ भनेको के हो ? के सरकारले गठन गरेको संयन्त्र सरकार भन्दा माथि हुन्छ ? के नेपाल सरकारलाई परियोजना अनुगमन गर्ने अधिकार छ ? परियोजनाले ओगटेको जमिन, जस्तै ट्रान्समिसन लाइन र बाटो बनाएको जमिनमा परियोजनाको एकाधिकार कायम गरिएको छ । त्यो जमिन अरुलाई प्रयोग गर्न दिँदा नेपाल सरकारले एमसीसीको अनुमति लिनु पर्ने भएपछि नेपालले अब उप्रान्त अमेरिकासँग सोधेर बाटो मर्मत गरौं कि नगरौं भन्ने? यति बुझ्ने मानिस पनि छैनन सरकारसँग ?  

३. यो परियोजना अमेरिकी लगानी हो वा सहायता ? लगानी हो भने किन लगानी बोर्डमा लगिएन ? यस्ता लगानीका सम्झौता संसदमा लैजाने हो भने भोलि चीन र भारतबाट आउने सबै लगानी संझौता संसदमा लैजान्छ सरकारले ?

देशलाई अप्ठ्यारोमा हाल्ने खेलको गोटी किन बन्दैछन् राजनीतिक दलहरू ? नेपाललाई जबर्जस्ति विवाद र अन्तर्राष्ट्रिय खेलमा किन ठेलिदैछ ? के एमसीसी र चीनसँष्को सीमा विवाद केबल संयोगमात्र हो ? आफैं आगोमा फालहाल्दै छन् नेपालमा, राजनीति गर्नेहरू ।

ताजा खबर