सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतले चार अर्ब बीस करोड सहयोग गर्ने

२०७८ भदौ १८ शुक्रबार १८:१०:०० मा प्रकाशित

काठमाडौं । भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन् ।

भत्केका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ वटा स्वास्थ्य केन्द्र उक्त अनुदानबाट पुनःनिर्माण गरिनेछ । भारत सरकारको अनुदान सहयोगमा सात जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदाका साथै गोरखा र नुवाकोटमा ५० हजार वटा घर निर्माण भइरहेका छन् ।

ताजा खबर