विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको पहिलो पटक हार

२०७८ भदौ १८ शुक्रबार १७:३२:०० मा प्रकाशित

स्पेनले विश्वकप छनोटमा २८ वर्षपछि पहिलो पटक हार बेहोरेको छ । गएराति भएको खेलमा स्विडेनले स्पेनमाथि दुई एक गोलको जित हात पार्यो । स्पेनले  एक शून्यको अग्रता जोगाउन नसक्दा स्विडेनले उत्कृष्ट पुनरागमन गर्यो ।

पाहुना टोली स्पेनले खेल सुरु भएको चौथो मिनेटमानै अग्रता लिएको थियो । उसका लागि कार्लोस सोलरले गोल गरेका थिए । तर गोलपछि खेल सुरु भएको १२ सेकेन्डमानै स्विडेनले बराबरी गोल फर्कायो । स्पेनको डिफेन्डरको गल्तीको फाइदा उठाउँदै अलेक्जेन्डर इकाशले गोल गरे ।

 ५७ औं मिनेटमा भिक्टर क्लसोनले गोल गरेपछि स्पेन दुइ एक गोलले स्तब्ध भयो । यो संगै स्पनेको विश्वकप छनोटमा ६६ खेल देखीको अपराजित यात्रामा पुर्ण विराम लागेको छ । यसअघि विश्वकप छनोटमा सन् १९९३ मार्चमा स्विडेनको छिमेकी डेनमार्कले कोपेनहेगनमा स्पेनलाई पराजित गरेको थियो ।

त्यसयता स्पेनले ५२ खेलमा जित हात पार्दा १४ खेल बराबरी गरेको थियो । स्पेन चार खेलबाट सात अंक जोड्दै समुह बी को दोस्रो स्थानमा छ । स्विडेनको यो तीनमा तीन जित हो । नौ अंक जोडेको स्विडेन शीर्ष स्थानमा छ । छनोटको अर्को खेलमा युरोकप च्याम्पियन इटाली घरेलु मैदानमा बुल्गेरियासँग १–१ गोलको बराबरीमा रोकियो । १६ औं मिनेटमा फेड्रिको कियजाले गोल गरेपछि इटालीले जोगाउन सकेन ।

३९ औं मिनेटमा एटानास इलिसले बराबरी गोल फर्काएका थिए । बराबरी संगै इटालीको अपराजित खेलको संख्या ३५ पुगेको छ । इङल्यान्डले हंगेरीलाइ चार शसन्य गोलको फराकिलो अन्तरले हरायो । इङल्यान्डको जीतमा रहिम स्र्टलिङ, हेरी केन हेरी मग्वावेर  र डेक्लान राइसले गोल गरे ।

 जर्मनीले लेचेस्टाइन माथि २–० गोलको जीत हात पार्यो । टिमो भेर्नर र लियोरी सानेले एक एक गोल गरेका थिए । बेल्जियमले इस्टोनियलाई ५–२ गोलले पाखा लगायो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । पोल्यान्डले अल्बानियालाई चार एक गोलले पराजित गरेको छ । 

ताजा खबर