कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, २२७४ जना संक्रमणमुक्त

२०७८ भदौ १८ शुक्रबार १६:१७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७६७२७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७२३४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८०९ पुगेको छ । क्वारेन्टाइनमा २७४ जना रहेका छन् भने आइसोलेसनमा ३३००६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर