तनहुँको भीमादमा चट्याङ लागेर एक जनाको मृत्यु

२०७८ भदौ १८ शुक्रबार १५:४३:०० मा प्रकाशित

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर शुक्रबार एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर बाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

ताजा खबर