प्रचण्डकी नातिनी स्मिताको 'इबादद बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक

२०७८ भदौ १८ शुक्रबार १४:०१:०० मा प्रकाशित

गायिका स्मिता दाहालले गाएको हिन्दी गीत सार्वजनिक भएको छ । ‘इबादत बन गए हो’ बोलको यो गीतको भिडियो शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा स्मितालाई भारतीय गायक शबाब साबरीले स्वरमा साथ दिएका छन्। केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत छ । भारतीय कलाकारसँग काम गरेपछि गायिका स्मिताले यो कामबाट आफू एकदमै खुसी र उत्साहित भएको बताएकी छन्।

गीतको भिडियोमा स्मिता भारतीय अभिनेता अर्जुन बिजलानीका साथमा देखिएकी छन् । गीतको भिडियोलाई राजीव एस रुइयाले निर्देशन गरेका हुन्।

 

ताजा खबर