साथीको हत्या गरेको अभियोगमा सैनिक जवान ढकाललाई २५ वर्ष कैदको फैसला

२०७८ भदौ १७ बिहीबार २०:१८:०० मा प्रकाशित

काठमाडौं । नेपाल सेनामा कार्यरत हुद्दा भरत गुरुङको हत्या अभियोगमा सैनिक जवानलाई जन्मकैद फैसला सुनाइएको छ । जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला भएको हो ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको जानकारी दिए । सैनिक अदालतले बुधबार ढकालविरूद्ध फैसला गरेको थियो । भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमलडाँडामा हुद्दा गुरुङको साउन ७ गते हत्या भएको थियो ।

ताजा खबर