नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा 

२०७८ भदौ १७ बिहीबार १९:२७:०० मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे ।

तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन् ।  उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । ५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका थिए ।  नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।
 

ताजा खबर