कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, १८४६ जना संक्रमणमुक्त

२०७८ भदौ १७ बिहीबार १६:०९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६१९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७६५९१४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८४६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७२११८२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७८६ पुगेको छ । क्वारेन्टाइनमा ३०२ जना रहेका छन् भने आइसोलेसनमा ३३९४६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर